आमा समूहसँग उपमेयर कार्यक्रमका लागि प्रस्ताव पेस गर्ने सम्बन्धी सूचना ।

आमा समूहसँग उपमेयर कार्यक्रमका लागि प्रस्ताव पेस गर्ने सम्बन्धी सूचना ।
(प्रथम पटक प्रकाशित मितिः २०८३/०८/०३
बेनी नगरपालिकाको आ.व. २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रम अन्तरगत आमा समूहसँग उपमेयर कार्यक्रमका लागि विनियोजित बजेटबाट चालु आर्थिक वर्षमा बेनी नगरपालिका बड़ा नं. ७ र वडा नं. ८, बेनी अन्तर्गत रहेका आमा समूहहरू छनोट गरी सीपमूलक तालिम प्रदान गर्ने निर्णय भएकाले बेनी नगरपालिकाको "आमा समूहसँग उपमेयर कार्यक्रम कार्यान्वयन निर्देशिका, २०७९" को अनुसूची ३ बमोजिमका विभिन्न आयमूलक र सीपमूलक कार्यक्रम सञ्चालन, गर्न चाहनुहुने इच्छुक आमा समुहहरूले यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र मापदण्डको दफा ४ बमोजिमका कागजात संलग्न राखी अनुसूची १ बमोजिमको प्रस्तावना सम्बन्धित वडा कार्यालयको सिफारिस सहित यस कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।
थप जानकारीको लागिः अर्जुन प्रसाद सुवेदी ९८५७६३१६२१ र डमसरा पुन ९८४९६४५८३६ महिला तथा बालवालिका शाखा बेनी नगरपालिका ।
प्रस्ताव पेश गर्दा संलग्न गर्न पर्ने कागजातहरुः
१. संस्था दर्ता र नविकरणको प्रमाणपत्र (स्थानीय प्रशासन वा स्थानीय तहमा दर्ता भएको )
२. संस्थागत कार्ययोजना
३. विगत ३ वर्षमा गरेका कार्यहरुको प्रगति विवरण
४. पछिल्लो बैठकको निर्णय ।